Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • आज पनि पहाडी भू–भागमा मेघ गर्जन र चट्याङसहित पानी पर्न सक्छ : मौसम विभाग

    आज पनि पहाडी भू–भागमा मेघ गर्जन र चट्याङसहित पानी पर्न सक्छ : मौसम विभाग

    अनलाइन नेपाल
  • बुधबार, १३ बैशाख २०८०
  • 552
    SHARES

    फाइल तस्विर

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका पहाडी भू–भागमा पानी पर्न सक्ने जनाएको छ ।

    हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाउँदै महाशाखाले पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहेको जनाएको हो ।



    पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहे पनि बाँकी भू–भागमा भने सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।



    महाशाखाका अनुसार बुधवार दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ।

    पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ।

    बुधवार राति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार