Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • मौसम पूर्वानुमान : आज सफा, भोलि चट्याङसहित वर्षा र हिमपात

    मौसम पूर्वानुमान : आज सफा, भोलि चट्याङसहित वर्षा र हिमपात

    अनलाइन नेपाल
  • बुधबार, २५ फाल्गुन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भुभागमा मौसम सामान्यतया सफा छ ।

    दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।



    भोली अर्थात बिहीबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा अपराह्नपछि एक÷दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार