Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चुनावको दिन बिहानैदेखि पानी पर्छ : मौसम विभाग

    चुनावको दिन बिहानैदेखि पानी पर्छ : मौसम विभाग

    अनलाइन नेपाल
  • आइतबार, २५ बैशाख २०७९
  • 2.5K
    SHARES

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको दिन बिहानैदेखि पानी पर्ने जनाएको छ । स्थानीय वायु र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको असरले बैशाख ३० गते स्थानीय तह निर्वाचनको दिन वर्षा हुनसक्ने बिभागको अनुमान छ ।

    वैशाख २८ गतेदेखि ३१ गतेसम्मको मौसम पूर्वानुमान विशेष बुलेटिन सार्वजनिक गर्दै मौसम पूर्वानुमान महाशाखाले उक्त कुराको जानकारी गराएको हो । सो बुलेटिनमा लेखिएअनुसार निर्वाचनको दिन वैशाख ३० गते देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।



    विभागले ‘स्थानीय तहको निर्वाचन २०७९ को लागि विशेष मौसम पूर्वानुमान बुलेटिन–१’ सर्वजनिक गर्दै भनेको छ–‘हाल नेपालमा स्थानीय वायु र भारतको बिहार(पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। साथै, हाल दक्षिण बंगालको खाडीमा चक्रवात ‘असानी’ विकसित भएको छ। उक्त प्रणाली उत्तरपश्चिम (भारत) तर्फ सर्ने क्रममा रहेको र वैशाख ३० गते (२०२२ मे १३) सम्म कमजोर अवस्थामा उत्तरी बंगालको खाडीमा रहने सम्भावना रहेको देखिन्छ । उक्त प्रणालीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावना देखिन्छ ।



    प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

    महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम पूर्वानुमानबारे बुलेटिन जारी गरी जानकारी गराउँदथ्यो । तर ३० गते निर्वाचन तय भएकाले महाशाखाले आज नै ३१ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

    अहिले नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बंगाल क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव छ । साथै दक्षिण बंगालमा चक्रवात पनि विकसित भएको छ ।

    ‘असानी’ नाम दिइएको सो चक्रवातले जलवाष्पयुक्त हावा नेपालसम्म ल्याउने र नेपालकै स्थानीय प्रणालीमा मिसिएर पानी पर्ने मौसमविदको भनाइ छ । त्यसैले अहिले पनि काठमाडौंमा पानी परिरहेको छ भने दिउसो पनि एक÷दुई स्थानमा पानी परेको थियो ।

    वैशाख २८ गतेदेखि ३१ गतेसम्मको मौसम पूर्वानुमान
    २०७९ वैशाख २८ गते बुधबार :
    देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनर चटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जनरचटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    २०७९ वैशाख २९ गते बिहीबार :

    देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जनरचटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै तराईका भू–भागहरुमा हावाहुरीको सम्भावना पनि रहेको देखिन्छ ।

    २०७९ वैशाख ३० गते शुक्रबार :

    देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको केही स्थानहरुमा मेघ गर्जनरचटयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ । साथै मधेश, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जनरचटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    २०७९ वैशाख ३१ गते शनिवार :

    देशको प्रदेश १, बागमती प्रदेश, मधेश प्रदेश तथा गण्डकी प्रदेशका आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जनरचटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशहरुका एक वा दुई स्थानहरूमा मेघ गर्जन र चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार