Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तालिबानविरुद्ध अमेरिकाको प्रतिबन्ध कायमै, सहयोग गर्न अनुमति

एजेन्सी । अमेरिकाले तालिबानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ यद्यपि अफगानिस्तान आवश्यक मानवीय तथा भौतिक विकासका लागि सहयोग गर्न भने कुनै अवरोध सिर्जना नगर्ने बताएको छ।

अमेरिकाले दुईवटा इजाजतपत्र प्रदान गर्दै विभिन्न निकायहरुलाई मानवीय सहायता प्रदान गर्न अनुमति दिएको हो। तालिबानीमाथि प्रतिबन्ध लगाएसँगै अफगानिस्तानमा जारी मानविय संकट झन् बिग्रने भन्दै अमेरिकाले आर्थिक सहायता बढाउन चाहेको जनाएको छ। सो सहायता त्यहाँ रहेका सर्वसाधारणलाई अति आवश्यक वस्तु सहयोगमा केन्द्रीत रहने बताइएको छ।

लामो समयको युद्धसँगै अफगानिस्तामा ठूलो मात्रामा मानवीय सहायताको खाँचो रहेको राष्ट्रसंघले यसअघि नै बताएको थियो। २० वर्ष लामो युद्धपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै तालिबानले गत महिना देश नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077