Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मैले राजीनामा दिएपछि सकियो, अस्वीकृत गर्नुको अर्थ छैन : गौतम

काठमाडौं । नेकपा एमालेको कुनै पनि पदमा नरहने गरी वामदेव गौतमले दिएको राजीनामा अस्वीकृत भएपछि उनले यसमा आफ्नो प्रतिक्रिया दिएका छन्। नेता गौतमले आफूले राजीनामा दिएपछि सकिएको बताए।

‘म एमालेमा रहन सक्दिनँ भनेको थिएँ, राजीनामा दिएपछि सकियो,’ उनले भने। गौतम अब ओली नेतृत्वको एमाले कुनै पनि अवस्थामा बस्न नसकिने पनि स्पष्ट पारेका हुन्।

‘मैले दिएको राजीनामा अस्वीकृत हुनुको कुनै अर्थ छैन। केपी ओली नेतृत्वको एमालेमा बस्न सक्दिन। प्रष्ट हुनुस्,’ गौतमले भने।

नेता गौतमले गत भदौ १८ गते एमालेबाट राजीनामा दिएका थिए। राजीनामा पत्रमा उनले केपी ओलीमाथि विभिन्न १० वटा आरोप लगाउँदै एमालेमा बस्न नसकिने स्पष्ट पारेका थिए। तर, एमालेले अहिलेसम्म गौतमको राजीनामा स्वीकृत गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077