Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आजदेखि भौतिक रूपमै सञ्चालनमा आए काठमाडौं महानगरभित्रका विद्यालयहरु

काठमाडौं । आजदेखि काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरु भौतिक रूपमा सञ्चालन भएका छन्।

केही दिनअघि बसेको नगर शिक्षा समितिको बैठकले आइतबारदेखि विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेसँगै कोरोना भाइरस महामारीका कारण वैशाखको दोस्रो सातादेखि बन्द भएका विद्यालय आजदेखि सञ्चालनमा आएका हुन्।

यस्तै, काठमाडौँ महानगरपालिकाले पनि आवश्यक मापदण्ड पालना गराएर विद्यालय सञ्चालनमा खोल्न सकिने निर्णय गरेको थियो। भौतिक रुपमा कक्षा सञ्चालन गर्न चाहने विद्यालयहरुले अनिवार्य रुपमा महानगरले तयार पारेको २७ बुँदे मापदण्डको पूर्ण पालना गर्नुपर्ने महानगरकोे भनाइ छ।

यसअघि नै काठमाडौं उपत्यकामा केही स्थानीय तहले भने विद्यालय सञ्चालन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077