Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालुवाटारमा सत्ता गठबन्धनको बैठक: अध्यादेश र मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं । सत्ता साझेदार पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

बैठकमा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशको खारेजी र मन्त्रिपरिषद विस्तारबारे छलफल भइरहेको बताइएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलगायतको सहभागिता रहेको छ।

जसपा अध्यक्ष उपेन्द्र यादवले बैठकमा दल विभाजन सम्बन्धी अध्यादेशको खारेजीपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077