Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पत्ति मात्र २.८५ करोड

एजेन्सी । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सम्पति मात्र २.८ करोड रहेको बताइएको छ। जसमध्ये उनले १.८६ करोड भारतीय रुपैयाँ मुद्दती खातामा राखेका छन् ।

आधिकारिक आंकडा अनुसार २०१४ मा प्रधानमन्त्री बनेपछि मोदीले कुनै नयाँ सम्पत्ति किनेका छैनन् । उनीसँग २००२ मा किनेको घर छ जसको मूल्य १.१ करोड रुपैयाँ भारु छ । जम्मा १४,१२५ वर्गफुटको यो घरमा उनी एक चौथाई मालिक छन्।

मोदीसँग १.४८ लाख रुपैयाँ मूल्यका चार वटा सुनका औठी छन् । उनको बैंक खातामा १.५ लाख र ३६,००० नगद छ ।

अंग्रेजी बिजनेस न्यूज पोर्टल मिन्टका अनुसार, अमित शाह मोदी सरकारमा सबैभन्दा धनी मन्त्री हुन् । ३१ मार्च २०२१ को उनको कुल सम्पत्ति ३७,९१, ५०, ५८० अर्थात करिब ३८ करोड रुपैयाँ भारु छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077