Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हेटौंडाबाट दिनदहाडै सुनचाँदी व्यवसायीको अपहरण, चारजना पक्राउ

    हेटौंडाबाट दिनदहाडै सुनचाँदी व्यवसायीको अपहरण, चारजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १० असोज २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    मकवानपुर । मकवानपुर प्रहरीले सुनचाँदी व्यवसायीको अपहरण गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पक्राउ पर्नेमा हेटौडा–१० बस्ने वर्ष ३९ का विनोदलाल श्रेष्ठ, वर्ष ३० का अनिल लामा, हेटौंडा–५ बस्ने वर्ष ३२ का बुद्ध लामा र हेटौंडा–२ बस्ने वर्ष २७ का आदेश लामा रहेका छन्।

    उनीहरुसहितको एक समूहले आज बिहान सुनचाँदी व्यवसायी जितेन्द्र विश्वकर्मालाई हेटौंडा १० बासुदेव मार्गबाट अपहरण गरेका थिए। उनलाई ९ बजे अपहरण गरिएको बताइएको छ।



    घरबाट पसल निस्केका जे.एस. सुनचाँदी पसलका सञ्चालक विश्वकर्मा अपहरणमा परेको खबर पाउनेबित्तिकै प्रहरी अनुसन्धानमा जुटेको थियो। उनलाई बा २० च ८९६० नम्बरको सेतो कारमा आएका अपरिचित युवाहरुको समूहले विश्वकर्मालाई अपहरण गरेको प्रहरीले जानकारी दिएको छ।



    प्रहरीले अपहरण गरी लैजाने व्यक्तिहरु र कार मध्यान्ह १ बजे हेटौंडा उपमहानगरपालिका–५ स्थित मकवानपुर रिकभरिङ्ग समूहको कार्यालय अगाडि फेला पार्न सफल भएको छ।

    त्यसलगत्तै अपहरण गर्ने कार्यमा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए। प्रहरीले अपहरित विश्वकर्मालाई मकवानपुर रिकभरिङ्ग समूहको कार्यालय परिसरभित्र फेला पारेको छ। विश्वकर्मालाई अपहरण मुक्त गरी सकुशल उद्धार गरिएको र पक्राउ परेका माथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीको भनाई छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार