Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आईपीएल : राजस्थानविरुद्ध हैदरावाद विजयी, यस्तो छ अंक तालिका

काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा सोमबार भएको खेलमा सनराईजर्स हैदरावादले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ। लिगमा यो हैदरावादको दोस्रो जित हो।

राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदरावादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो। हैदरावादको जितमा डेब्यु खेलाडी जोसन रोयले सर्वाधिक ६० तथा कप्तान केन विलियम्सनले अविजित ५१ रनको अर्धशतकीय योगदान दिए।

बलिङमा राजस्थानका मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले एक एक विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। राजस्थानका लागि कप्तान सन्जु सामसनले ८२ रनको अर्धशतकीय पारी खेलेका थिए। हैदरावादका सिद्दार्थ कउलले दुई विकेट लिए।

जितसँगै १० खेलबाट ४ अंक जोडेको हैदरावाद अंकतालिकाको पुछारमा रहेको छ। १० खेलमा ८ अंक जोडेको राजस्थान छैटौं स्थानमा रहेको छ। चेन्नई सुपर किंग्स १० खेलबाट १६ अंक जोड्दै शीर्षस्थानमा छ।

दिल्लि क्यापिटल्स समान अंकका साथ दोस्रो स्थानमा रहँदा आरसीबी १२ अंकका साथ तेस्रो स्थानमा छ। त्यस्तै कोलकता ८ अंकका साथ चौथो, पञ्जाब समान अंकका साथ पाँचौं स्थानमा छ भने मुम्बई इण्डियन्स समान अंकका साथ सातौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077