Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

थुनामा रहेका व्यक्तिको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने युवा पक्राउ

काभ्रे । पुर्पक्षमा थुनामा रहेकाको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने पनौती नगरपालिका–५ ढलमलेका २७ वर्षीय रमेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ। गिरीले जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक कसुरमा पुर्पक्षका लागि धुलिखेलस्थित कारागारमा थुनामा रहेको प्रतिवादीउपर लागेको कसुर मिलाइदिन्छु भनी उनको आफन्तबाट रु एक लाख २० हजार लिएको जनाइएको छ।

थुनामा रहेका प्रतिवादी छुटाउन उनका आफन्तबाट र थुनामा रहेकासमेतसँग गरी पीडित, प्रहरी, वकिल र फैसला गर्ने निकायसम्म मिलाउनुपर्छ भन्दै झुटो आश्वासन देखाई झुक्यानमा पारी गिरीले उल्लेखित रकम लिएको जिल्ला प्रहरी कार्यालयका धुलिखेलका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। उनका अनुसार गत भदौ १६ गतेदेखि विभिन्न मितिमा प्रतिवादीको आफन्तसँग रकम लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

गिरीले पटक–पटक पैसा मागेपछि प्रतिवादीका आफन्तले प्रहरीमा उजुरी गरेका थिए। गिरीलाई प्रहरीले आइतबार धुलिखेल नपा–७ बाट पक्रेर गरी सोमबार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनायो। गिरीलाई मुलुकी अपराध संहिता–२०७४ को दफा २५३ आपराधिक लाभ (एक्सटर्न) लिन नहुने कसुरमा सजाय हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077