Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लोसपा प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन

रामनारायण यादव/ जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को प्रदेश २ को संसदीय दलको नेतामा जितेन्द्र सोनल चयन भएका छन् ।

सोमबार जनकपुरधाममा बसेको लोसपा संसदीय दलको बैठकले सोनललाई नेता चयन गरेको हो । बैठकले सर्वसम्मत रुपमा सोनललाई दलको नेता चयन गरेको सांसद परमेश्वर साहले जानकारी दिए ।

संसदीय दलको नेता चयन गर्न सोमबार बिहानैदेखि बैठक बसेको थियो । पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेता शरदसिंह भण्डारी सहितको उपस्थितिमा बसेको बैठकले सोमबार राति अबेर संसदीय दलको नेता चयन गरेको हो ।

यसअघि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) रहँदा पनि सोनल नै संसदीय दलको नेता थिए । उनी तत्कालीन राजपाबाट प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री समेत बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077