Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भारतको उत्तराखण्डमा चिनियाँ सेना पस्यो, राहुल गान्धीद्वारा मोदीको आलोचना

    भारतको उत्तराखण्डमा चिनियाँ सेना पस्यो, राहुल गान्धीद्वारा मोदीको आलोचना

    अनलाइन नेपाल
  • बुधबार, १३ असोज २०७८
  • 4.4K
    SHARES

    एजेन्सी। १ सयभन्दा धेरै चिनियाँ सैनिकहरु सीमा पार गरेर भारतको उत्तराखण्ड राज्यस्थित बाराहोती क्षेत्रमा प्रवेश गरेका छन् । यी चिनियाँ सैनिकहरुले भारतभित्र प्रवेश गरेर भारतका संरचनाहरु पनि भत्काइदिएका छन् ।

    इकोनोमिक टाइम्सको रिपोर्टअनुसार यो घटना ३० अगष्टको हो । जसमा चिनियाँ सैनिकहरु सीमा पार गरेर भारतीय क्षेत्रको ५ किलोमिटर भित्रसम्म प्रवेश गरेका थिए । ५० भन्दा धेरै घोडामा चढेर आएका उनीहरु २ घण्टापछि बाराहोती क्षेत्रबाट आफ्नै क्षेत्रमा फर्किएको समाचारमा जनाइएको छ।



    उक्त रिपोर्टका अनुसार चिनियाँ सैनिकले फर्किनुभन्दा पहिले भारतमा एउटा पुलमा आक्रमण गरेर पुललाई ध्वस्त पारिदिएका छन् । यसबिषयमा भारतका विपक्षी दलका नेता राहुल गान्धीले ट्वीट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई निशाना बनाएका छन् ।



    यो क्षेत्रमा भारत–तिब्बत सीमा पुलिस तैनाथ छ । चिनियाँ सैनिक आएको सूचना पाएपछि भारतीय सेनाले यो क्षेत्रमा गस्ती पनि गरेको थियो तर भारतीय सेना पुग्दासम्म चिनियाँ सैनिक फर्किइसकेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार