Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

क्यानका उपाध्यक्ष र सचिवले एकैचोटी किन दिए राजीनामा ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। श्रेष्ठ र प्याकुरेलले बुधबार पत्रकार सम्मेलन गर्दै राजीनामाको घोषणा गरेका हुन्।

पत्रकार सम्मेलनमा राजीनामाको कारणबारे जानकारी दिँदै प्याकुरेलले क्यानलाई स्थापित गर्न भएको बताए। ‘अहिलेको नेतृत्वलाई स्थापित गराउन क्यानमा बसेका थियौं। क्यान अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को निलम्बन फुकुवा भइसकेको र बजेट पनि नियमित रुपमा आइरहेकाले राजीनामा दिएका हौं’, सचिव प्याकुरेलले भने, ‘नयाँ पुस्तालाई नेतृत्व सुम्पिन पहिलेकै योजना अनुसार राजीनामा गरेको हुँ।’

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गठन गरेको स्वतन्त्र कमिटीको समन्वयमा २०७६ असोज ११ गते भएको निर्वाचनबाट प्याकुरेल सचिव र श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए। प्याकुरेलले विनोदकुमार मैनाली र श्रेष्ठ मिङ्मा शेर्पालाई पराजित गर्दै नेतृत्वमा आएका थिए।

सरकारी हस्तक्षेप र अवैधानिक चुनावको कारण देखाउँदै आईसीसीले क्यानलाई निलम्बन गरेको थियो। क्यानमा नयाँ नेतृत्व आएपछि २०७६ असोज २७ गते आईसीसीले क्यानमाथि लगाएको निलम्बन सशर्त फुकुवा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077