Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। उनले बिहीबार विहान १० बजे बस्ने गरी देउवाले सर्वदलीय बैठक बोलाएका हुन्।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। बालुवाटार स्रोतका अनुसार बैठकमा संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल हुनेछ।

संसद्मा प्रतिनिधित्व गर्ने पाँच दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमै छन्। बैठकमा त्यसबाहेक संसद्को प्रमुख प्रतिपक्षी नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बोलाइएको छ।

नेकपा एमालेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालले गत २३ भदौबाट संघीय संसद्का बैठकहरुमा निरन्तर अवरोध पु¥याउँदै आएको छ। नयाँ पार्टी दर्ता भइसकेको अवस्थामा सभामुखले उनीहरुको माग सम्बोधन गर्न नसकिने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077