Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

७३ जना यात्रुहरुको ज्यान जोगाएका बुद्ध एयरका पाइलट शेर्पालाई उडान भर्नमा रोक

काठमाडौं । ७३ जना यात्रुहरुको ज्यान जोगाएका बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाई नागरिक उड्‍डयन प्राधिकरणले उडान भर्नमा रोक लगाएको छ।

बुद्ध एयरका अनुसार सोमबार भएको घटनाको छानविन प्रतिवेदन नआउन्जेलसम्मका लागि विमान चलाउन रोक लगाइएको हो ।

नागरिक उड्डयन प्राधिकरणले घटनापश्चात उडान भर्नमा रोक लगाउनु एक सामान्य प्रक्रिया भन्दै छानविन प्रतिवेदन नआउन्जेलसम्मका रोक लगाइएको बताएको छ।

गत सोमबार बिहान काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्धएयरको विमानमा ल्याण्डिङ गियरको 'प्राइमरी इन्डिकेटर'मा समस्या देखिएपछि काठमाडौंमा २ घण्टापछि सुरक्षित नर्मल अवतरण गरिएको थियो।

प्राविधिक कारण निकै कष्कर रूपले विमान अवतण गरेपछि पाइलट शेर्पालाई यात्रुहरु, विमानस्थल समिति र एयरलायन्सलगायत सबैले धन्यवाद दिँदै मुक्तकण्ठले प्रशंसा समेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077