Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रोहिंग्या शरणार्थीका प्रतिनिधिको हत्या

एजेन्सी । रोहिंग्या शरणार्थीका शिविरमा अध्यापन गराउँदै आएका एक अन्तर्राष्ट्रिय प्रतिनिधिको हत्या भएको छ ।

बुधबार बंगलादेशस्थित कुटुपालोङ् रोहिंग्या शरणार्थी क्याम्पमा अज्ञात बन्दुकधारीको आक्रमणबाट ५० वर्षीय मोहिबुल्लाहको हत्या भएको हो।

बंगलादेश कोक्स बजार प्रहरीका अनुसार मोहिबुल्लामाथि क्याम्मै हमला भएको थियो । हमलापछि गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल पुर्याउने क्रममा बाटोमै मृत्यु भएको हो । उनको हत्याबारे कुनै पनि समुहले जिम्मा नलिएको र हत्याराको खोजी भइरहेको प्रहरीले बताएको छ।

मोहिबुल्लाले मुस्मिलम समुदाय रोहिंग्याको अन्तर्राष्ट्रिय सभा सम्मेलनहरुमा प्रतिनिधीको भुमिका खेल्दै आएका थिए । बंगलादेशमा हाल ११ लाख रोहिङ्ग्या बसोबास गर्दै आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077