Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यस्ता छन् आजको मन्त्रिपरिषद बैठकले गरेका ४ महत्वपूर्ण निर्णय

काठमाडौँ । बिहीवार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले चार महत्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकपछि कानून न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका  प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दिएको जानकारी अनुसार सरकारले सहसचिव प्रा. गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार संगठन (डब्ल्यूटिओ)को १२ औँ मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन स्वीकृत दिने निर्णय गरेको छ । यस्तै इन्टरपोलको ८९ औं महासभामा भाग लिने बैठकले निर्णय गरेको छ ।

यसैगरी सरकारले विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाहरुका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय समेत गरेको मन्त्री कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077