Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा लुटपाटपछि रड प्रहार गरी नेपाली युवकको हत्या, एक जना पक्राउ

काठमाडौं । भारतको गोरखपुरमा एक नेपालीको रड प्रहार गरी हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । रोजगारीको सिलसिलामा दिल्लीको नोयडामा रहेका गौडेलको भदौ २४ गते नेपाल फर्कने क्रममा उत्तरप्रदेशको गोरखपुरमा रिक्सामा सवार रहेका बेला लुटपाटपछि रड प्रहार गरी कृष्ण गौडेलको हत्या भएको थियो ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा १८ वर्षीय युवकलाई पक्राउ गरेको छ । स्याङ्जाको भकुण्डे पुर्ख्यौली घर भई नवलपरासीको सुनवल नगरपालिकाको भूमहीमा बस्ने २८ वर्षीय गौडेलको हत्यापछि उक्त घटना लुकाउन शवलाई नष्ट गर्ने योजनासहित सोही रिक्सामा लगिरहेको अवस्थामा स्थानीय युवा प्रदीप यादवले रोकेर प्रहरीलाई खबर गरेका थिए ।

उक्त घटनाका दोषीलाई कारबाही र मृतक कृष्ण गौडेललाई न्याय दिलाउन माग गर्दै नवलपरासीका संघीय सांसद देवेन्द्रराज कँडेलसहितको टोली गोरखपुर पुगेर भारतको संविधानअनुसार हत्यामा संलग्नलाई मृत्युदण्डको सजाय मागसहित मुद्दा दर्ता गरेको थियो ।

मृतकको परिवार आफैं भारत पुगेर न्यायिक लडाइँ लड्न कठिन भएकाले सांसद कँडेल गोरखपुर पुगेर मुद्दा दर्ता गरेका थिए । गौडेलको शव लुकाउन खोज्नेसँग प्रतिकार गरेका युवा प्रदीप यादवलाई सांसद कँडेलले नगद पुरस्कारसहित सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077