Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सर्वदलीय बैठक बहिष्कार गर्ने एमालेलाई कांग्रेस नेता पौडेलको कटाक्ष: छलफलमै नबस्ने हठले राजनैतिक गतिरोध अन्त्य हुँदैन

    सर्वदलीय बैठक बहिष्कार गर्ने एमालेलाई कांग्रेस नेता पौडेलको कटाक्ष: छलफलमै नबस्ने हठले राजनैतिक गतिरोध अन्त्य हुँदैन

    अनलाइन नेपाल
  • बिहिबार, १४ असोज २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सर्वदलीय बैठक बहिष्कार गरेर राजनीतिक गतिरोध अन्त्य हुन नसक्ने बताएका छन्।

    बिहीबार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अनुपस्थित भएको विषयमा टिप्पणी गर्दै उनले छलफलमै नबस्ने हठले समाधान नहुने बताएका हुन्।



    सामाजिक सञ्जालमार्फत् धारणा व्यक्त गर्दै कांग्रेस नेता पौडेलले म नै सर्वज्ञानी, मेरै मात्र कुरा ठीक भन्ने भ्रमबाट मुक्त भएर संसद्‌बाट निकास खोज्नु बुद्धिमत्ता हुने बताएका छन्।



    उनले लेखेका छन्, ‘सर्वदलीय बैठक बहिष्कार गर्ने, संसद् अवरोध गर्ने, छलफलमै नबस्ने हठले राजनैतिक गतिरोध अन्त्य हुँदैन। म नै सर्वज्ञानी, मेरै मात्र कुरा ठीक भन्ने भ्रमबाट मुक्त भएर संसद्‌बाट निकास खोज्नु बुद्धिमत्ता हो। संसद्को सर्वोच्चतालाई स्वीकार्ने नेतृत्वले मात्रै लोकतन्त्रको रक्षा गर्न सक्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार