Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रभु साहलाई बालकोटमै डाकेर ओलीले भने- के-के गर्न पर्छ ? म गर्छु, हामी मिलेर जाऔं

काठमाडौं । नेकपा विभाजनपछि मन्त्रीको प्रलोभनमा परेर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका नेता प्रभु साहले पार्टीको बिधान महाधिवेशनमा सहभागी नहुने बताएका छन् ।

भोलिदेखि सुरु हुने पार्टीको प्रथम बिधान महाधिवेशनमा मन्त्री साहले सहभागी नहुने बताएपछि विहीबार बिहान अध्यक्ष ओलीले असन्तुष्ट साहलाई भेट गरेका थिए।

बालुवाटार स्रोतका अनुसार भेटमा अध्यक्ष ओलीले आफ्नो तर्फबाट सहमति गर्न तयार भएकाले मिलेर जान ओलीले आग्रह गरेका छन्। ‘मैले तपाईंसँग के-के सहमति गर्नुपर्ने हो, त्यो गर्न तयार छु। तपाईं हामी मिलेर जाऔं,’ बालकोट स्रोतले भन्यो।

तर, साहले अध्यक्ष ओलीसँग विभिन्न ८ वटा माग राखेको र माग सम्बोधन नभए बिधान महाधिवेशनमा सहभागी नहुने जवाफ दिएका छन् । सहरी विकास मन्त्रीबाट सर्वोच्च अदालतको आदेशले पदमुक्त भएपछि साह एमालेका पछिल्ला केन्द्रीय कमिटी बैठकमा पनि सहभागी हुन छाडेका थिए ।

उनी पछिल्लो समय आईटी आर्मीको रुमपा सक्रिय छन् । पछिल्लो समय साह आफूलाई एमाले भन्न समेत रुचाउँदैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077