Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

सातदोबाटोबाट कार्यकर्ताको स्कर्टिङ्गसहित गोदावरी पुगे ओली

काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली महाधिवेशनस्थल गोदावरीको सनराइज हल पुगेका छन्।

अध्यक्ष ओली ललितपुरको सातदोबाटोबाट कार्यकर्ताको स्कर्टिङ्गसहित आफ्नो पुरानो सैलीमा हात हल्लाउँदै अधिवेशनस्थल पुगेका हुन्।

निर्धारित समयभन्दा केही ढिला पुगेका ओलीसँगै केन्द्रीय पदाधिकारीहरू महाधिवेशन हल प्रवेश गरेका छन्। करिब ६ हजार जना प्रतिनिधिहरु सहभागी हुने भनिएको यो महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने छ ।

विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, विभागबाट चुनिएका प्रतिनिधिहरु, जिल्ला कमिटीका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, पालिकाका प्रमुख तथा उपप्रमुखहरु, भातृ संगठनका प्रतिनिधिहरु, प्रवास कमिटीका प्रतिनिधिहरु सहभागी छन् ।

विधान महाधिवेशन तीन दिनसम्म चल्ने छ । विधान महाधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077