Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गोदावरीमा केपी ओलीको सम्बोधन: केही व्यक्तिहरु पदलोलुपताका कारण बाहिरिए

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीमित स्वार्थ र षड्यन्त्रका कारण एकीकरण निष्कर्षमा पुग्न नसकेको बताएका छन्।

शुक्रबार गोदावरीस्थित सनराइज हलमा सुरू भएको पार्टीको प्रथम विधान महाधिवेशन सम्मेलनलाई सम्बोधन गर्दै ओलीले यस्ताे बताएका हुन् ।

ओलीले नेकपा एमाले र माओवादी केन्द्रलाई अदालतले अलग गरेपछिको अवस्थामा पार्टीको प्रथम विधान महाधिवेशन भएको दाबी समेत गरे। ‘नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले, यो एकीकृत पार्टी हो । यो एकीकृत पार्टीको पहिलो विधान महाधिवेशन पनि हो ।’

यस्तै, अध्यक्ष ओलीले विशाल योजनाका साथ भएको पार्टी एकता भंग भएको बताउँदै एमाले एकीकृत पार्टीको धार भएको बताए । केही व्यक्तिहरू एमालेबाट पदलोलुपताका कारण बाहिरिएको उनको आरोप छ ।

‘केही व्यक्तिहरू बाहिरिएका छन् । संगठनात्मक अराजकता र फुटलाई उनीहरूले प्रश्रय दिएका छन् । एमालेविरुद्ध संगठित प्रहार सुरू भएको छ,' कार्यक्रममा ओलीले भने।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077