Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

एमाले विधान महाधिवेशन: ओलीमा देखियो स्वस्थ्यमा समस्या, प्रतिवेदन प्रस्तुत गर्दागर्दै बीचमै छाडे

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य समस्याका कारण पार्टीको प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न बीचमै छाडेर नेता शंकर पोखरेललाई जिम्मेवारी दिएका छन् ।

शुक्रबारदेखि गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा सुरु भएको प्रथम विधान महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहँदा अस्वस्थताको कारण देखाउँदै बीचमै छाडेका हुन् ।

‘रुघाखोकीका कारण मलाई असहज भइरहेको छ । राजनीतिक प्रतिवेदन लामो पनि छ’, ओलीले भने, ‘म राजनीतिक प्रतिवेदन प्रस्तुत गर्न नेता शंकर पोखरेललाई जिम्मेवारी दिन्छु ।’

आजदेखि सुरु भएको नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन प्रस्तावमा ५ जना उपाध्यक्षको व्यवस्था गर्ने उल्लेख गरिएको छ ।

[insert page='89634' display='yopanipadhnuhos.php']

[insert page='8962' display='yopanipadhnuhos.php']

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077