Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माल्दिभ्सविरुद्ध नेपालको जित

काठमाडौं । नेपालले साफ च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा आयोजक माल्दिभ्सलाई पराजित गरेको छ। युवा फरवार्ड मनिष डाँगीको सानदार गोलम शनिबार मालेस्थित राष्ट्रिय रंगशालमा भएको पहिलो खेलमा १–० को जित दर्ता गरेको हो।

वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिषले खेल सकिन ५ मिनेट बाँकी रहँदा नेपालको जितका लागि एकमात्र निर्णायक गोल गरे। काउन्टर अट्याकमा विशाल राईले मिडफिल्ड पार गरेको आक्रमणलाई मनिषले अघि बढाउँदै गोल गरेका थिए । त्यसक्रममा उनले तीन डिफेन्डरको चुनौती काट्दै गोलरक्षकलाई वन भर्सेस वनको स्थितिमा बिट गरेका थिए।

खेलको अधिकांश समय माल्दिभ्सले बल पोसेसन र आक्रमणमा पकड जमाएको थियो। नेपाली खेलाडीहरुले माल्दिभ्सको आक्रमणलाई लामो समयसम्म रोक्न सफल भएका थिए।

साफ च्याम्पियनसिपको पहिलो खेलमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई साविकको ४–३–३ को रणनीतिमा उतारेका थिए। गोलरक्षक किरण चेम्जोङले टोलीको कप्तानी गर्दा सेन्टर डिफेन्समा अनन्त तामाङ र दीनेश राजवंशी तथा विंगब्याकमा सुमन अर्याल र गौतम श्रेष्ठ थिए।

मिडफिल्डमा पुजन उपरकोटी र रोहित चन्दले रक्षात्मक भूमिका निर्वाह गर्दा तेज तामाङ सेन्टर मिडफिल्डमा थिए । आक्रमणमा सुजल श्रेष्ठ र अन्जन विष्टले नवयुग श्रेष्ठलाई साथ दिएका थिए।

दोस्रो हाफको ६९ औं मिनेटमा नवयुगको स्थानमा मनिष डाँगी मैदान प्रवेश गरेका थिए । ८२ औं मिनेटमा अन्जन विष्ट र सुजल श्रेष्ठको स्थानमा सुमन लामा र विशाल राई मैदान प्रवेश गरेका थिए।

नेपालले अब सोमबार श्रीलंकाको सामना गर्नेछ । खेल नेपाली समयअनुसार रातको ९ः४५ बजे हुनेछ । सोमबार नै पहिलो खेलमा भारत र बंगलादेश भिड्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077