Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रचण्डमाथि महेश बस्नेतको कटाक्ष: स्याल बुढो भए भिर खोज्छ, मान्छे बुढो भए निहुँ खोज्छ

काठमाडौं । नेकपा एमालेका युवा नेता तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'मा ठूलो डिप्रेशन देखिन खोजेको टिप्पणी गरेका छन् । उनले यसको पुष्टि प्रचण्डका पछिल्ला अभिव्यक्तले गरेको उल्लेख गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले विगतको हत्या, हिंसा, भ्रष्टाचार र आतंककारी गतिविधिको पश्चताप र भविष्यमा हुनसक्ने सजाय, र दुर्गतिको आँकलनले प्रचण्ड विक्षिप्त भएको देखिएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, 'एमाले जस्तो जाली, फटाहा पार्टीले हामीलाई हेप्न खोजेका छन, तिनको सातो खाने हो ” प्रचण्डले यसो भनेछन्। स्याल बुढो भए भिर खोज्छ, मान्छे बुढो भयो भने निहुँ खोज्छ भन्छन् । एमालेलाई कमजोर नबनाई अरु पार्टीले चुनाव जित्न सक्दैनन् भन्ने कुरा आजको यथार्थ हो । समकालिन नेतृत्वमा केपी ओलीको शिखर ब्यक्तित्व सबैको लागि डाँह र इर्स्याको बिषय बनेको छ । प्रचण्डका पछिल्ला अभिब्यक्तिहरु हेर्दा उहाँमा ठूलो डिप्रेशन देखिन खोज्दैछ। बिगतको हत्या, हिंसा भ्रष्टाचार र आतंककारी गतिबिधिको पश्चाताप र भबिष्यमा हुन सक्ने सजाय र दुर्गतिको आंकलनले बिक्षिप्त भएको देखिन्छ । एमालेको संभाबित बिजयको यात्राबाट आतंकित भएको देखिन्छ । प्रचण्ड कमरेड एमाले आफ्नो बाटोमा निरन्तर हिडिरहन्छ बाधा अडचन गर्न आउनेलाई पन्छाएर हिड्न सक्षम छ। तपाईको धम्कि हात्तीलाई भुसुनाले टोके जस्तै हो। एमालेले फु गर्दा तपाईको धम्कि धुलोमा बिलिन हुन्छ्।'


प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077