Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

'कार्यकर्ताले असाध्यै माया गर्छन्, विरोधीहरू म बाँचेकैमा चिन्तित छन् त के गरुँ ?'

काठमाडाैं । पार्टीको विधान महाधिवेशनका बेला गरिएको प्रचारप्रसार र आफूलाई देवत्वकरण भन्दै गरिएको टिप्पणीप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन्।

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनको आज अन्तिम दिन अध्यक्ष ओलीले आफूहरू व्यक्तिपूजक नभएकाले यस्ताे टिप्पणी गरिनु एमालेमाथि आक्रमण गर्नु सिवाय अरू केहि नभएकाे बताए ।

‘यतिबेला हामीमाथि चौतर्फी हमला भइरहेको छ । हाम्रो विचारमाथि हमला भएको छ, संगठनमाथि हमला भएको छ, ओलीले भने,' अनि नेकपा एमालेको महाधिवेशनमा ब्यानर देखिए रे, झण्डा देखिए रे, अलिक तामझाम देखियो रे, नेतृत्वको समर्थनमा कार्यकर्ता बोलेको देखियो रे ।’

उनले अघि भने, ‘यो हाम्राविरुद्ध हमलाको विभिन्न रुप हो । हामी व्यक्तिपूजक होइनौं, मूर्तिपूजक होइनौं । हामी धर्मान्धतामा विश्वास गर्दैनौं । हामी कमिटी प्रणालीमा विश्वास गर्छौं, सामूहिकतामा विश्वास गर्छौं ।’

यस्तै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो स्वास्थ्य अवस्थालाई लिएर गरिएकोआलोचनालाई विरोधीहरू आफू बाँचेकोमा नै चिन्तित रहेको बताए ।

'म बाँचिराखेको हुनाले चिन्तित छन् । कार्यकर्ताले, जनताले असाध्यै माया गर्छन् । त्यसले एमालेलाई फाइदा हुन्छ त्यसैले चिन्तित छन्,' उनले भने, 'विरोधीहरू म बाँचेकैमा चिन्तित छन् त म के गरुँ ?'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077