Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दशैँ-तिहार भौतिक दूरीमा मास्कसहित मनाउन आईजीपी क्षेत्रीको आग्रह

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरीको हरेक काम कारबाहीमा आम नागरिकको उपस्थितिले प्रेरणादायी भूमिका खेल्ने बताएका छन्।आइतबार ६६औं प्रहरी दिवसको अवसरमा सर्वसाधारणहरुलाई मास्क वितरण गर्दै आईजीपी क्षेत्रीले नागरिकको उपस्थिति नै प्रहरीको प्रेरणादायी स्रोत हुने बताए।

आईजीपी क्षेत्रीले नेपालीहरूको महान पर्व वडादशै र तिहारको पूर्वसन्ध्यामा हार्दिक शुभकामना व्यक्त गर्दै भने, 'यो दशैं उल्लास तर सतर्कतासहित, सामिप्यता तर भौतिक दूरी कायम गर्दै मास्कसहित मनाउन अनुरोध गर्दछु ।'

प्रहरी दिवसको अवसरमा ‘तपाइको मास्क खोई कार्यक्रम’ अन्तर्गत गौशाला चोकमा स्थानीयवासी, सवारी साधन तथा पैदल ओहोरदोहोर गर्नेहरूलाई आईजीपी क्षेत्रीले मास्क तथा जनचेतनामूलक पर्चा वितरण गरेका थिए।

यसैगरी, कार्यक्रम अन्तर्गत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालले काठामाडौं सुन्धारा, एआईजी निरज बहादुर शाहीले काठमाडौं बालाजु माछापोखरी चोक, एआईजी विश्वराज पोखरेलले काठमाडौं कलंकी चोक, एआईजी सहकुल बहादुर थापाले काठमाडौं कोटेश्वरमा मास्क वितरण गरेका थिए ।

कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीले गत बैशाख ६ गतदेखि ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम संचालन गर्दै आएको छ।जसअन्तर्गत आज मात्रै कलंकीमा ५ हजार, ललितपुर सातदोबाटोमा १ हजार ५ सय, सुन्धारामा १ हजार ५ सय, कोटेश्वरमा १ हजार २ सय, गौशालामा २ सय र बालाजुमा ३ सय थान मास्क वितरण गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077