Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सशस्त्र प्रहरीद्धारा र्‍याफ्टिङ गर्ने क्रममा डुवेर वेपत्ता भएकाको शव फेला

र्‍सिन्धुपाल्चोक । सशस्त्र प्रहरी बलको टोलीले याफ्टिङ गर्ने क्रममा डुवेर वेपत्ता भएका एक व्यक्तिको  शव फेला पारेको छ ।

सिन्धुपाल्चोक जिल्लाको साँगाचोकगढी नगरपालिका ९ डुम्रे स्थित सुनकोशी नदीमा असोज १७ गते दिउसो -याफटिङ गर्ने क्रममा डुवेर वेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

दोलखा जिल्लाको मेलुङ गाउँपालिका ४ बस्ने २२ बर्षिय साजन खड्का नदीमा -याफटिङ गर्ने क्रममा डुवेकोे भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुनिल कुमार श्रीवास्तवको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनको शव नदीमा फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077