Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ला लिगामा रियल मड्रिडको पहिलो हार

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड स्पानोलसँग पराजित भएको छ। आइतबार राति भएको खेलमा रियल मड्रिड स्पानियोलसँग २–१ गोलले पराजित भएको हो।

खेलको १७ औं मिनेटमा राउल थोमसले गोल गर्दै स्पानोललाई शुरुवाती अग्रता दिलाएका थिए। गोलमा पछि परेको रियल केही दबाबमा देखिएपनि पहिलो हाफमा थप गोल भएन।

दोस्रो हाफमा ६० औं मिनेटमा स्पानोलले अग्रता दोब्बर बनायो। यसपटक टोलीका लागि अलेइक्स भिडालले गोल गरेका थिए। खेलको ७१ औं मिनेटमा रियलले खेलमा फर्किने संकेत देखायो। करिम बेन्जेमाले गोल गर्दै टोलीको हारलाई जोगाउन एक प्रयास गरे। तर थुप्रै आक्रमण बुनेपछि रियलले अर्को गोल गर्न सकेन र पराजित हुन पुग्यो।

हारका बाबजुत रियल ८ खेलबाट १७ अंकका साथ शीर्षस्थानमा छ। समान खेल र समान अंकका साथ एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ। तेस्रो स्थानको रियल सोसिडाडको पनि ८ खेलबाट १७ अंक नै रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077