Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विपक्षी खेलाडीलाई रातो कार्ड दिने रणनीति बुन्नेछौं : प्रशिक्षक अलमुताइरी

काठमाडौं । साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकाको सामना गर्दैछ। खेल नेपाली समयअनुसार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा राति ९ः४५ बजे शुरु हुनेछ।

नेपालले पहिलो खेलमासाविकको विजेता तथा आयोजक माल्दिभ्सलाई हराएको थियो। श्रीलंकाविरुद्ध पनि स्पष्ट जित निकाल्ने लक्ष्यमा नेपाल रहेको छ।
श्रीलंकाविरुद्धको खेलअघि बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जितको लागि सचेत भएर खेल्ने बताएका छन्। श्रीलंका बलियो टोली भएको बताउँदै उनले संयम भएर खेल्नुपर्ने बताएका छन्।

‘श्रीलंकाविरुद्धको खेल हाम्रो लागि सहज हुनेछैन। श्रीलंका बलियो र राम्रो टोली हो। हामी माल्दिभ्सविरुद्धको खेललाई बिर्सेर श्रीलंकाविरुद्ध खेल्नेछौं,’ उनले भने।

अलमुताइरीले अघि थपे, ‘उनीहरुले राम्रो खेलिरहेका छन्। हामीले तीन अंक बटुल्न सक्यौं भने पक्कै खुसी हुनेछौं। यसका लागि हाम्रा खेलाडीले ९० मिनेट कडा संघर्ष गरेर खेल्नुपर्नेछ।’

‘हामीले श्रीलंका र बंगलादेशको खेल हेरेका छौं । श्रीलंकाले पेनाल्टीकै कारण मात्र हारेको थियो। रातो कार्ड पाएपछि पनि टोलीले दबाबमा खेलेन,’ उनले भने।

‘श्रीलंका निकै एग्रेसिभ ट्याकल गर्छ। हामीले त्यसको फाइदा उठाउँदै विपक्षी खेलाडीलाई रातो कार्ड दिने रणनीति बुन्नेछौं। उनीहरुको एक खेलाडी कम भएपछि हामीलाई खेल्न सहज हुने अपेक्षा छ,’ उनले भने।

उनले नेपालले सकेसम्म बल राखेर विपक्षी खेलाडीलाई ट्याकलका लागि बाध्य पार्ने बताएका छन्। श्रीलंका वरीयतामा निकै पछि रहेपनि त्यसले खेलमा फरक नपर्ने प्रशिक्षक अलमुताइरीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077