Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आईपिएल : पञ्जाबलाई हराउँदै बैंगलोर प्ले अफमा

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलोर आईपीएल टी–ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा पञ्जाब किंग्सलाई हराउँदै बैंगलोरले प्ले अफमा स्थान बनाएको हो।

पञ्जाबविरुद्ध बैंगलोरले ६ रनको रोमाञ्जक जित निकालेको थियो। बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन मात्र बनायो।

पञ्जाबका मयांक अग्रवालले ५७ रनको अर्धशतकीय खेले। यस्तै कप्तान केएल राहुलले ३९ रन जोडे भने एडिन मार्क्रम २० रन तथा साहरुख खान १६ रनमा समेटिए।
बैंगलोरका युजभेन्द्र चाहलले ३ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।

बैंगलोरका लागि गले म्याक्सवेलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै देबदुत पडिकलले ४०, कप्तान विराट कोहलीले २५ तथा एबी डी भिलियर्सले २३ रन बनाए।

जितसँगै बैंगलोरले १२ खेलमा १६ अंक जोडेको छ। बैंगलोर तेस्रो स्थानमा छ। पञ्जाब १० अंकसहित पाँचौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077