Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निजी विमान भवनमा खस्यो : अर्बपतिको परिवारसहित ८ जनाको मृत्यु

एजेन्सी । उत्तर इटालीको मिलानमा एक निजि विमान दुर्घटना भएको छ। उक्त विमान खाली अफिस भवनमा खस्दा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।

सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान भरेको सो विमान केही बेरमा नै दुर्घटनाग्रस्त भएको बताइएको छ। इटालियन मिडियाका अनुसार विमानका चालक ६८ वर्षीय रोमानियन अर्बपति डान पेट्रेस्कु रहेका थिए। उनीसँगै उनको पत्नी र छोराको पनि मृत्यु भएको छ। पेट्रेस्कु रोमानिया सबैभन्दा धनी व्यक्तिहरु मध्येमा पर्दछन्।

दुर्घटनापछि अफिस भवन र पार्किङ गरिएका गाडीमा आगलागी भएको थियो। तर, जमिनमा रहेका कोही पनि घाइते भएनन्। दुर्घटनाको कारणबारे छानबिन सुरु गरिएको छ। केही प्रत्यक्षदर्शीले एकल इन्जिन रहेको पिलाटस पीसी–१२ विमानमा दुर्घटनाअघि नै आगोका लप्काहरु देखिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077