Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माइत हिँडेकी महिला मृत फेला : जेसीबीका मालिक, चालक र सहचालक पक्राउ

दाङ । शनिबार माइत जान्छु भनेर हिँडेकी महिलाको आइतबार बाटोमा शव भेटिएपछि उक्त प्रकरणबारे अनुसन्धान गर्न प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शनिबार साँझ साढे ५ बजेतिर माइती घर जान्छु भनेर घरबाट हिँडेकी रामकली खत्रीको शव आइतबार बेलुका साढे ७ बजेतिर बीच बाटोमै फेला परेको थियो।

माइती जान भनेर हिंडेकी बागचौर नगरपालिका–२ गैरीकी ५४ वर्षीया खत्रीको शव चोटपटक लागेको अवस्थामा बाटोमै फेला परेको थियो ।

सल्यान प्रहरीलले अनुसन्धानका लागि भन्दै जेसीबीका मालिक, चालक र सहचालकलाई पक्राउ गरिएको जनाएको छ । सल्यान प्रहरी प्रमुख डिएसपी गोविन्द थापाका अनुसार खत्री हिंडेको समयमा उक्त बाटोमा जेसिबीबाहेक अरू कुनै पनि यातायातका साधन सञ्चालनमा आएको नदेखिएपछि उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो ।

शनिबार खत्री हिँडिरहेको बाटोमा जेसिबीले सडक मर्मतको काम गरिरहेको हुँदा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतकको कान, ढाड र हातमा गाडीले किचेकोजस्तो घउ समेत देखिएको छ। खत्रीको घर र माइती घरको दूरी तीन किलोमिटर जति रहेको र बीच बाटोमा उनको शव फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077