Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुख्यमन्त्री राउतको राजीनामा माग्ने लोसपाको निर्णय

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्ने भएको छ। सोमबार बसेको लोसपाको प्रदेश २ संसदीय दलको बैठकले मुख्यमन्त्री राउतको राजीनामा माग्ने निर्णय गरेको हो।

लोसपाले मुख्यमन्त्री राउतको नैतिकतामाथि नै प्रश्न उठेको भन्दै राजीनामा माग्ने निर्णय गरेको एक जनताले जानकारी दिए। मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग आयोगले मारेको छापाका कारण प्रदेश सरकारको गरिमामा नै असर समेत परेको लोसपाको ठहर छ।

.मुख्यमन्त्री राउतले सञ्चालन गरेको ‘बेटी बचाउ बेटी पढाउ, मुख्यमन्त्री स्वच्छता कार्यक्रम, विमा कार्यक्रम’ लगायतको बारेमा विभिन्न कोणबाट प्रश्न उठेको र यसको जवाफ मुख्यमन्त्री कार्यालयले दिनुको सट्टा उल्टै आयोगमाथि विभिन्न आरोप लगाएर भ्रष्टाचारलाई ढाकाछोप गर्ने प्रयास भइरहेको लोसपाको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077