Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

श्रीलंकामाथि रोमाञ्चक जित निकाल्दै नेपाल शीर्षस्थानमा

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ को दोस्रो खेलमा नेपालले श्रीलंकामाथि रोमाञ्चक जित निकालेको छ। सोमबार राति भएको खेलमा श्रीलंकालाई ३–२ गोलले पराजित गर्दै नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ।

सामान्य शुरुवात गरेको नेपालले खेलमा पहिले दबाब झेलिरहेको थियो। कुनै बेला नेपाल बल टचका लागि संघर्ष गरिरहेको थियो। पहिलो हाफको मध्यतिर भने नेपाल आफ्नो लयमा देखिएको थियो।

नेपालका लागि पहिलो हाफमा सुमन लामा तथा दोस्रो हाफमा अन्जन विष्ट र आयुष घलानले गोल गरेका थिए। श्रीलंकाका मर्विन ह्यामिल्टन र डिलन दे सिल्भाले गोल फर्काएका थिए।

नेपालले खेलको ३० औं मिनेटमा सुमन लामाको गोलमा अग्रता लियो। नवयुग श्रेष्ठले मिडफिल्डबाट आएको बलमा डिफेन्डरलाई छक्याउँदै दिएको पासलाई सुमनले पेनाल्टी क्षेत्रभित्र लग्दै गोल गरेका थिए।

त्यस्तै खेलको ५२ औं मिनेटमा अन्जनकै गोलमा नेपालले अग्रता दोब्बर पार्यो। नवयुगको प्रहारमा आएको रिबाउन्डमा अन्जनले सहजै गोल गर्दै नेपालको अग्रता दोब्बर पारे।

त्यसको केही समयमै श्रीलंकाले गोल फर्कायो। मार्विन ह्यामिल्टनले झन्डै २५ यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार सिधै गोलमा परिणत भएको थियो।

८६ औं मिनेटमा आयुषले गोल गर्दै नेपाललाई जितनजिक पुर्याएका थिए। आयुषले तेज तामाङको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोलरक्षक सुजनलाई चिप गर्दै नेपाललाई ३–१ ले अघि बढाएका थिए। इन्ज्युरी समयमा श्रीलंकाले पेनाल्टी पाएको थियो। डिलन डे सिल्भाले पेनाल्टीमा गोल गर्दै श्रीलंकालाई खेलमा फर्काएका थिए।

लगातार दोस्रो जितसँगै नेपालले २ खेलमा ६ अंक बनाएको छ। राउण्ड रोबिन लिगमा बंगलादेश २ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा छ। भारत १ खेलमा १ अंकसहित तेस्रो स्थानमा रहँदा श्रीलंका र माल्दिभ्स अंकविहिन छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077