Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मनसुन बाहिरिन समय लाग्ने : यी स्थानमा भारी वर्षा हुने

    मनसुन बाहिरिन समय लाग्ने : यी स्थानमा भारी वर्षा हुने

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । नेपालमा अहिले भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव परेको छ।

    हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशहरूमा सामान्य बदली रहि अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।



    मंगलबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।



    त्यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रही कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार