Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भारतको तामिलनाडुमा भारी वर्षा, रेल तथा उडान सेवा रद्द

    भारतको तामिलनाडुमा भारी वर्षा, रेल तथा उडान सेवा रद्द

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 705
    SHARES

    एजेन्सी । भारतको दक्षिणी राज्य तामिलनाडुमा भारी वर्षाका कारण स्थानीय बस्ती डुबानमा परेका छन् भने रेल तथा उडान सेवा रद्द गरिएको छ ।

    भारतीय मौसम विज्ञान विभागका अधिकारीहरूले हिन्द महासागर र दक्षिण पश्चिम बङ्गालको खाडीमा श्रीलङ्काको दक्षिणी तटमा चक्रवाती सञ्चारको प्रभावका कारण वर्षा भएको हो ।



    कन्याकुमारी, तेनकासी, तिरुनेलवेली र थुथुकुडी जिल्लामा अझै २४ घण्टा भारी वर्षा हुने मौसम विज्ञान केन्द्रले जनाएको छ । अभूतपूर्व वर्षाले धेरै क्षेत्रहरू जलमग्न भएपछि स्थानीय अधिकारीहरूले सबै विद्यालय र क्याम्पसहरूमा बिदाको घोषणा गरेका छन् ।



    अहिलेसम्म सात हजार ५०० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको र उनीहरूलाई ८४ वटा राहत शिविरहरूमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार