Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बाँकी खेलमा पनि आश्चर्यजनक नतिजा आउनेछ : प्रशिक्षक अलमुताइरी

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले साफ च्याम्पियनसीपको बाँकी खेलमा पनि राम्रो नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्।

दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलले पराजित गरेपछि प्रतिक्रिया दिँदै अलमुताइरीले बाँकी खेलमा पनि नेपालले आश्चर्यजनक नतिजा निकाल्ने बताएका हुन्।

‘वास्तवमै म निकै खुसी छु । नेपालले लगातार दोस्रो खेल जितेको छ र अधिकतम छ अंकमा छ अंक नै भएको छ। नेपालका लागि यस खेलमा पनि प्राप्त तीन अंक नै ठूलो हो,’ उनले भने, ‘हामीले के कस्तो खेल्यौं, त्यसको विश्लेषण पछि गरौंला। साफ च्याम्पियनसिप जस्तो प्रतियोगितामा तीन अंक नै ठूलो हो।’

प्रशिक्षक अल्मुल्ताइरीले थपे, ‘अब नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ। तर यस्तै हो भन्न सकिन्न। अब प्रतियोगिताको म्याच डे थ्रीमा भारत र श्रीलंका तथा माल्दिभ्स र बंगलादेश खेल्नेछन्। यो नतिजाले हामी कहाँ जाने छौं, त्यो धेरै अर्थमा प्रष्ट पार्नेछ। मलाई विश्वास छ, यो चरणमा पनि केही आश्चर्यजनक नतिजा आउने छन्।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077