Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

१ लाख ६० हजारमा आफ्नै श्रीमतीलाई भारतको कोठीमा बेचेको आरोपमा श्रीमान पक्राउ

काठमाडौं । प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोले आफ्नै श्रीमतीलाई भारतमा लगि बेचबिखन गरेको अभियोगमा श्रीमानसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-१ बस्ने पासाङ तामाङ रहेका छन् । उनलाई गत बुधबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पीडित महिलालाई उनकै श्रीमानले २०७१ सालमा १ लाख ६० हजार रुपैयाँ लिई पासाङ भन्ने व्यक्तिको जिम्मा लगाएको, पासाङले बालाजुको होटलमा एक महिलाको जिम्मा लगाएको र महिलाले काम बापत मासिक १० हजार दिन्छु भन्दै भिनाजु पर्ने एक पुरुषको जिम्मा लगाएका थिए।

पछि ती पुरुषले सुनौली हुँदै भारतको नयाँदिल्लीस्थित म्हेण्डो तामाङको घरमा पुर्‍याएको, म्हेण्डोले अर्कै मान्छेको जिम्मा लगाई आग्राको बेश्यालयमा ८ महिनासम्म जबरजस्ती बेश्याबृत्तिमा लगाएको, पुन: म्हेण्डोकै घरमा ल्याई बेश्याबृत्तिमा लगाएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।

गत जेठ ३१ गते पीडित महिला नेपाली राजदूतावास र शक्ती समूहको सहयोगमा नेपाल फर्कन सफल भएकी महिलाले भदौ १ गते उनले प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उनीहरूविरुद्ध जाहेरी दिएकी थिइन्।

उनीहरूउपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको र अन्य फरार रहेकाहरूको खोजी भइरहेको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077