Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

न्याय सम्पादनको अवरोध र फैसला नमाने मात्रै अदालतको अवहेलना हुने सर्वोच्चको ठहर

काठमाडौं । सर्वोच्च अदालतले न्यायसम्पादमा अवरोध भएमा वा अदालतको आदेशको अवज्ञा भएको अवस्थामा बाहेक अन्य अबस्थामा अदालतको अवहेलना नहुने फैसला गरेको छ।

सर्वोच्चको सात सदस्यीय वृहत पूर्ण इजलासले तत्कालिन प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रमाणपत्रको विषयमा डा. गोविन्द केसीले दिएको अभिव्यक्ति जोडिएको मुद्दामा अदालतको अवहेलना नहुने ठहर गरेको हो ।

मंगलबार प्रकाशित उक्त मुद्दाको फैसलाको पूर्णपाठमा केसीको अभिव्यक्ति अशोभनीय भएपनि स्वच्छ सुनुवाइको प्रक्रिया अनुशरण नगरिएकाले अवहेलना ठहर हुन नसक्ने फैसला गरेको हो ।

हेर्नुहोस् फैसलाको पूर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077