काठमाडौं । सहसचिव रविलाल पन्थ सचिवमा बढुवा भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पन्थलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
यसअघि सोमबार साँझ सिंहदरबारमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले जेष्ठताको आधारमा रबिलाल पन्थको नाम मात्रै सिफारिस गरेको थियो ।
कार्यसम्पादन तथा मुल्यांकनका आधारमा तीन सहसचिवको नाम बढुवाका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस हुने गरेको भए पनि जेष्ठताको आधारमा भने पन्थको नाम मात्र सिफारिस भएको थियो ।