Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • बाल शिक्षिका र कर्मचारीको तलबमा वृद्धि

    बाल शिक्षिका र कर्मचारीको तलबमा वृद्धि

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 1.2K
    SHARES

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाले बाल शिक्षिका, विद्यालयका कर्मचारी तथा कार्यालय सहयोगीको तलब वृद्धि गरेको छ।

    नगर कार्यपालिकाको आज बसेको बैठकले उनीहरुको तलब वृद्धि गर्ने निर्णय गरेको हो। नगर शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीका अनुसार बालविकास सहजकर्तालाई रु १५ हजार ५००, विद्यालयका कार्यालय सहयोगीलाई रु १५ हजार र विद्यालयका कर्मचारीलाई रु २० हजार ५०० मासिक तलब तोकेको हो । शिक्षक दिवसकै अवसरमा नगरपालिकाले यस्तो निर्णय गरेको हो।



    सङ्घीय सरकारले घोषणा गरे पनि कुश्मा नगरपालिकाले तलब सुविधा नबढाएको भन्दै बाल शिक्षिकाको निरन्तरको आन्दोलनपछि आज बसेको कार्यपालिकाको बैठकले तलब सुविधा वृद्धि गर्ने निर्णय गरेको नगरप्रमुख रामचन्द्र जोशीले जानकारी दिए।



    यसरी तलब वृद्धि गर्दा नगरपालिकालाई वार्षिक रु एक करोड ५० लाख दायित्व बढ्ने भएको छ। कुश्मा नगरपालिकाभित्रका बिद्यालयमा ७० जना बालबिकास सहजकर्ता, १८ जना विद्यालय कर्मचारी र ६५ जना विद्यालय सहयोगी रहेका छन्।

    नगरप्रमुख रामचन्द्र जोशीले शिक्षकको माग सम्बोधन गर्नुपर्छ भन्नेमा आफू सकारात्मक भएर निर्णय गरेको बताए। सङ्घीय सरकारले बजेटमा तलब बढाउने घोषणामात्र गरेको तर स्रोत सुनिश्चितता नगरपालिका आफैँले गर्नुपर्दा केही दिन अन्योल भए पनि अब शिक्षकले आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य भएको जोशीले बताए। बैठकले सवारी चालक, स्वास्थ्य केन्द्रका कार्यालय सहयोगीको पनि तलब सुविधा वृद्धि गर्ने निर्णय गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार