Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • वृद्धि भएको कर्मचारीको तलब आजबाट कार्यान्वयनमा, कसको कति ?

    वृद्धि भएको कर्मचारीको तलब आजबाट कार्यान्वयनमा, कसको कति ?

    अनलाइन नेपाल
  • आइतबार, १ साउन २०७९
  • 984
    SHARES

    फाइल फोटो

    काठमाडौं । आजदेखि आर्थिक वर्ष २०७९/०८० को बजेट कार्यान्वयन हुँदैछ । योसँगै सरकारले वृद्धि गरेको कर्मचारीको १५ प्रतिशत तलब पनि कार्यान्वयनमा गएको छ ।

    अब साउन महिनाको तलब अघिल्लोभन्दा १५ प्रतिशतले वृद्धि भएर आउनेछ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै १५ प्रतिशत तलब वृद्धि भएको घोषणा गरेका थिए ।



    अब मुख्य सचिवको ग्रेडबाहेकको तलब १० हजार ७१ रुपैयाँले बढेर ७७ हजार २११ पुगेको छ ।



    त्यस्तै, सचिवको ७२ हजार ८२, सहसचिवको ५६ हजार ७ सय ८७, उपसचिवको ४८ हजार ७ सय ३७, अधिकृतको ४३ हजार ६८९, नायब सुब्बाको ३४ हजार ७३० र खरिदारको ३२ हजार ९ सय २ रुपैयाँ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार