Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • शेयर बजार उच्च अंकले बढ्यो, ४ अर्ब ८० करोडको सेयर किनबेच

    शेयर बजार उच्च अंकले बढ्यो, ४ अर्ब ८० करोडको सेयर किनबेच

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 522
    SHARES

    काठमाडौं । नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा पुगेको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि लगातार बढेको नेप्सेले आज पनि सोही यात्रालाई निरन्तरता दिएको हो ।

    यसअघि वैशाख ३ गते सोमवार नेप्से परिसूचक दुई हजार विन्दुमाथि थियो । नेप्से दोहोरो अंकले बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ ।



    आज फाइनान्सबाहेक सबै समूहको शेयर बढेकोमा बीमा, विकास बैंक, होटल, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ ।



    आज कर्पोरेट विकास बैंक र इन्फिनिटी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन पोखरा फाइनान्स समूहको शेयर भने सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

    आज कारोबार रकम पनि बढेको छ । आज तीन सय २० वटा कम्पनीका एक करोड १८ लाख कित्ता शेयर चार अर्ब ८० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै साइन रेसुङ्गा विकास बैंकको १८ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार