Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • १४ अंकले नेप्से बढ्दा ५ अर्ब ५४ करोडको कारोबार

    १४ अंकले नेप्से बढ्दा ५ अर्ब ५४ करोडको कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 492
    SHARES

    काठमाडौं । नेप्से परिसुचक आज पनि १४.८८ अंकले बढेको छ । मंगलबार शून्य दशमलव ७० प्रतिशतले बढेको सेयर बजार २११९.६१ अंकमा सीमित भएको छ ।

    आज कुल १५२ वटा कम्पनीको मूल्य बढ्यो भने ८५ वटा कम्पनीको मूल्य घट्यो । १० वटा कम्पनीको मूल्य स्थिर रह्यो ।



    होटल तथा पर्यटनमा लगानीकर्ताको आकर्षण बढ्यो । होटल तथा पर्यटन ८७.९२, जलविद्युत् ३९.१८, उत्पादन तथा प्रशोधन ३८.९८ प्रतिशतले बढ्यो ।



    बैकिङ, फाइनान्स, माइक्रोफाइनान्स र निर्जीवन बिमाको उपसमूह घट्यो । सबभन्दा बढी माइक्रोफाइनान्स ११.६२ अंकले घट्यो ।

    चन्द्रागिरि हिल्स, समाज लघुवित्त वित्तिय संस्था, रावा इनर्जी डेभलपमेन्टको मूल्य १० प्रतिशतले बढ्यो । सिनर्जी पावर डेभलपमेन्ट रसिगंटी हाइड्रो इनर्जीको मूल्य क्रमश ८.७२ र ८.२३ प्रतिशतले बढ्यो ।

    हिमालयन रिइन्स्योरेन्सको ७५ करोड २७ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नाग्दी समुहको २२ करोड २० लाख ३३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार ३६८ कित्ता सेयर ५ अर्ब ५४ करोड ४२ लाख १७ हजार ५९३ रुपैयाँमा खरिदबिक्री भए। १४ अंकले बढेको सेयर बजारमा सोमबारको तुलनामा कारोबार रकम बढी हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार