Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ३६ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

    ३६ अंकले बढ्यो सेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • मंगलबार, २६ मंसिर २०८०
  • 282
    SHARES

    काठमाडौं । नेप्से परिसूचक मंगलबार ३६.८६ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार नेप्से १.८९ अंकले बढेको हो ।

    परिसूचक बढ्दा कारोबार रकम भने केही घटेको छ । सोमबार ४ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ३० करोडमा खुम्चियो । कुल २१४ कम्पनीको मूल्य बढ्दा २४ को घट्यो भने ४ को स्थिर रह्यो ।



    होटल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.३ प्रतिशत बढ्यो । जीवन बीमा, फाइनान्स, जलविद्युत् समूह पनि ३–३ प्रतिशतभन्दा धेरै बढे ।



    अंकका आधारमा बैंकिङ २, विकास बैंक ६५, फाइनान्स ५५, होटल तथा पर्यटन २२८, जलविद्युत् ६९, जीवन बीमा ३३३, उत्पादन १२३, माइक्रोफाइनान्स ५३, निर्जीवन बीमा २५६, अन्य ३८ र व्यापार ६० ले अंक बढे ।

    योसँगै समग्र नेप्से परिसूचक १ हजार ९ सय ८५.४४ अंकमा उक्लेको हो । गत आइतबार १११ अंकले बढेको नेप्से सोमबार १५ अंकले घटेर बन्द भयो ।

    तर, मंगलबार सुरुदेखि नै बजारले सुधारको बाटो समातेको थियो । कारोबार अवधिमा सामान्य उतारचढाव भएपनि अन्तत स् नेप्से करिब ३७ अंकले बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार