Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सेयर बजारमा १४ अंकको सुधार, दुई अर्ब ४३ करोडको कारोबार

    सेयर बजारमा १४ अंकको सुधार, दुई अर्ब ४३ करोडको कारोबार

    अनलाइन नेपाल
  • सोमबार, २२ माघ २०८०
  • 291
    SHARES

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

    अघिल्लो कारोबार दिन एकल अंकले घटेको नेप्से आज १४.५७ अंकले बढेर २०७६.२७ विन्दुमा कायम भएको हो।



    आज २ अर्ब ४३ करोड ८० लाख रुपैयाँ बराबरको ७४ लाख ९१ हजार कित्ता सेयर किनबेच भएको छ ।



    यसक्रममा १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको मूल्यमा भने गिरावट आएको छ ।

    यस्तै, १३ वटा कम्पनीको मूल्य भने स्थिर छ । परिसूचक दोहोरो अंकले बढ्दा नेपाल टेलिकम र पिपल्स पावर लिमिटेडको मूल्य समान १०/१० प्रतिशतले बढेको छ ।

    यसबाहेक समाज लघुवित्त वित्तीय संस्था र जोशी हाइड्रोपावार डेभलपमेन्ट कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    यसक्रममा ४ वटा कम्पनीको सूचक भने घटेको छ । आज होटल र टुरिजम, उत्पादनमूलक, म्यूचुअल फण्ड र निर्जीवन बीमा कम्पनीको सूचक घटेको हो ।

    यसबाहेक सबैजसो कम्पनी समूहहरुको सूचक बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार