Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • तेस्रो दिन पनि बढ्यो सेयर बजार परिसूचक नेप्से

    तेस्रो दिन पनि बढ्यो सेयर बजार परिसूचक नेप्से

    अनलाइन नेपाल
  • बुधबार, २२ कार्तिक २०८०
  • 372
    SHARES

    काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा ५.१७ अंकको सुधार आएको छ ।

    दिनभर तीव्र घटबढ भइरहेको नेप्से परिसूचक अन्तिम समयसम्ममा ०.२७ प्रतिशतले बढेर बन्द भएको हो ।



    यससँगै, परिसूचक १८६३ अंकमा पुगेर रोकिएको छ । कारोबार रकम भने घटेको छ । मंगलबार ९९ करोडको सेयर किनबेच भएकोमा बुधबार ७८ करोड २७ लाखमा खुम्चियो ।



    कुल १२४ कम्पनीको मूल्य बढ्दा ९३ को घट्यो भने २२ को स्थिर रह्यो । बैंकिङ ३, फाइनान्स ५, जलविद्युत् १२, जीवन बीमा ५०, उत्पादन ५७, माइक्रोफाइनान्स ८, अन्य १० र ब्यापार उपसमूह ५ अंक बढे ।

    निर्जीवन बीमा २२, होटल तथा पर्यटन ३३ र विकास बैंक उपसमूह १३ अंक घटे ।

    कारोबारमा आएका १३ समूहमध्ये म्युचुअल फण्ड समूहमा कुनै पनि परिवर्तन आएको छैन । विकास बैंकसहित होटल र टुरिजम समूह, लगानी र निर्जीबन बीमा समूहको सूचकमा गिरावट आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार