Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • साताको अन्तिम दिन उच्च अंकले घट्यो नेप्से, कारोबार रकम कति ?

    साताको अन्तिम दिन उच्च अंकले घट्यो नेप्से, कारोबार रकम कति ?

    अनलाइन नेपाल
  • बिहिबार, ५ पुष २०८०
  • 579
    SHARES

    फाइल फोटो

    काठमाडौं । निरन्तर बढीरहेको शेयर बजार साताको अन्तिम कारोबारका दिन उच्च अंकले घटेको छ ।

    लगातार बढेको ७ कारोबार दिनपछि नेप्से परिसूचक बिहीबार अघिल्लो दिनको तुलनामा ३२ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २१०९ विन्दुमा कायम भएको छ ।



    यसअघि २६ मंसिरदेखि निरन्तर बजार बढिरहेको थियो । यसदिन बजारमा १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार ८११ रुपैयाँको कारोबार भएको छ ।



    अघिल्लो दिन बुधबार मात्रै परिसूचक ३५.३९ अंकले बढेर बजारमा ७ अर्ब ९५ लाख ७५ हजार १७६ रुपैयाँको कारोबार भएको थियो ।

    आज बोटल्र्स नेपाल बालाजु, आशा लघुवित्त वित्तीय संस्था, धौलागीरी लघुवित्त वित्तीय संस्था, बीपीडब्लू लघुवित्त वित्तीय संस्था लिमिटेड र चिरखवा हाइड्रोपावर लिमिटेडमा सकारातमक सकर्टि लगेको छ ।

    त्यस्तै, कारोबारका आधारमा सिभम सिमेन्टस ३० करोड ६८ लाख ६० हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार